थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्‍यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ८ गते ९:४६
थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्‍यो

वीरगञ्ज : पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार अपरान्ह वीरगञ्ज महानगरपालिका-६ माईस्थानका करिब ७० वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो। उनको बुधबार पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ आएको थियो।

उनलाई गत सोमबार सास फेर्न गाह्रो भएपछि एडभान्स अस्पतालमा भर्ना गरिएको थियो। तर कोरोनाको शंकापछि मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगिएपछि अपरान्ह उनको मृत्यु भएको गण्डक अस्थायी कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले दिए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

प्रकाशित : २०७७ साउन ८ गते ९:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI