चीनले महत्वाकांक्षी अन्तरीक्ष यान मंगल ग्रहमा पठायो

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ८ गते १५:४०
चीनले महत्वाकांक्षी अन्तरीक्ष यान मंगल ग्रहमा पठायो

एजेन्सी । चीनले कोरोना भाइरस महामारीका बीच पहिलोपटक मङ्गल ग्रहमा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ ।

चीनको हेनान प्रान्तको वेनचाङ्ग अन्तरीक्ष केन्द्रबाट तियानवेन वान नाम गरेको अन्तरीक्ष यान स्थानीय समयअनुसार दिउँसो १२ बजेर ४० मिनेटमा प्रक्षेपण गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो अन्तरीक्ष यान आउँदो फेब्रुअरीसम्म मङ्गल ग्रह नजिक पुग्ने अनुमान गरिएको छ ।

सन् २०२१ फेब्रुअरी मा ५ करोड ५० लाख किलोमिटरको यात्रा गरेर यो यान पृथ्वीमा फर्किने छ । मङ्गल ग्रहमा अन्तरीक्ष यान प्रवेश गरेपछि त्यहाँको वस्तु स्थिति र वातावरणबारे थाहा हुने र माटोको अध्ययन थालिने छ ।

यो अन्तरीक्ष यानको भार पाँच टन रहेको र यसमा सजिलै मोड्न सकिने सोलार प्यानल जडान गरिएको खबरमा उल्लेख छ ।

चीनले पृथ्वीबाट सबैभन्दा नजिकको मङ्गल ग्रहको अध्ययन गर्न एउटा अन्तरीक्ष यान प्रक्षेपण गरेको हो ।

अमेरिकाले पनि मङ्गल ग्रहको अध्ययनका लागि आउँदो ३० तारिखमा अर्को अन्तरीक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ ।

प्रकाशित : २०७७ साउन ८ गते १५:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI