No ads found for this position

एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ९ गते १४:०८
No ads found for this position
एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक
No ads found for this position

नारायणगढ-मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ ।

इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलोमा आज बिहान ४ः२० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा बिहीबार राति ८ः४५ बजे पनि पहिरो खसेको थियो । 

राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित : २०७७ साउन ९ गते १४:०८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI