रञ्जन कोइरालाविरुद्धको पुनरावलोकन मुद्दाको पेसी आइतबार

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १० गते १४:३३
रञ्जन कोइरालाविरुद्धको पुनरावलोकन मुद्दाको पेसी आइतबार
फाईल फोटो

काठमाडौं, १० साउन । भारी सजाय कटौती पाएपछि बिहीबार जेलमुक्त भएका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दाविरुद्ध सरकारले हालेको पुनरावलोकनको पेसी आइतबारका लागि तोकिएको छ ।

महान्यायाधिवक्ता कार्यालयले कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिएकोमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतले फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकन गर्न सर्वोच्च पुगेको हो ।

जेल सजाय कटौती गरी कोइरालालाई चाँडो रिहा गर्ने फैसला गरेका कारण प्रधानन्यायाधीश जबरामाथि यतिबेला आलोचना भइरहेको छ । उनीमाथि महाभियोगसम्म लगाउनुपर्ने माग उठ्न थालेपछि जबराले आइतबार नै यसको पेशी तोक्ने तयारी गरेका हुन् ।

कोइरालाको सजाय छुटको विषयलाई लिएर अहिले सडक आन्दोलन नै शुरु भइसकेको छ । यस्तै सामाजिक सञ्जालहरुमा यस फैसलाको आलोचना भइरहेको छ ।

प्रकाशित : २०७७ साउन १० गते १४:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI