भारतको आसाममा बाढीबाट मृत्यु हुनेको संख्या ९६ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १० गते १४:४७
भारतको आसाममा बाढीबाट मृत्यु हुनेको संख्या ९६ पुग्यो

एजेन्सी – भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र बाढीमा परी ज्यान जाने व्यक्तिको संख्या ९६ पुगेको छ । यहाँ शुक्रबार थप तीन जनाको ज्यान गएपछि बाढीबाट यहाँका कम्तीमा पनि ९६ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको थियो । अहिले पनि वर्षाको क्रम जारी नै छ । त्यस बाढीमा परी यस राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् । 

आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँ शुक्रबार बिहानसम्म ९३ जनाको ज्यान गएको र शुक्रबार राति थप तीन जनाको शव भेटिएको बताएको हो । 

प्रकाशित : २०७७ साउन १० गते १४:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI