भोलिबाट चार दिन देशभर वर्षा, बाढीपहिरोको जोखिम

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ११ गते २०:१२
भोलिबाट चार दिन देशभर वर्षा, बाढीपहिरोको जोखिम
फाईल फोटो

काठमाडौं, ११ साउन । भोलिबाट चार दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष मौसम तथा बाढी बुलेटिनबाट यसबारे जानकारी गराएको हो ।

विभागका अनुसार १२ साउनबाट १६ साउनसम्म मनसुन न्यून चापिय रेखा नेपालको तराई भू भाग नजिक रहिरहने तथा पर्याप्त जल चापयुक्त हावा पनि भित्रिने सम्भावना रहेको छ । प्रदेश ५, गण्डकी, कर्णाली, सुदूर पश्चिम तथा बागमती प्रदेशहरुका केही स्थानहरुमा तथा प्रदेश १ र २ का थोरै स्थानहरुमा भारी वर्षा भई पहिरो तथा बाढी जोखिम भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

१३ देखि १५ साउनसम्म गण्डकी, कर्णाली, सुदूर पश्चिम प्रदेशहरु र प्रदेश ५ का मध्य पहाडी भु भाग भई बहने नदीहरुमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्ने सम्भावना रहेको सवभागले जनाएको छ ।

प्रकाशित : २०७७ साउन ११ गते २०:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI