मणीपाल शिक्षण अस्पतालका कार्यरत चिकित्सकमा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १२ गते १५:५४
मणीपाल शिक्षण अस्पतालका कार्यरत चिकित्सकमा कोरोना संक्रमण

पोखरा । पोखरास्थित मणीपाल शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरलाई कोराना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका आशंकामा आइतबार उहाँको स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा पोजेटिभ देखिएको हो । उहाँलाइ क्षेत्रीय अस्पतालको आइसोलेशनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताउनु भयो । संक्रमित डाक्टरले जाँचेका बिरामी र उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिसकेको डाक्टर शर्माले जानकारी दिनुभयो ।

उहाँ,मेडिकल वार्डमा कार्यरत चिकित्सक हुन्हुन्छ । आइतबार उहाँको स्वाब क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामाा परीक्षणका लागि पठाइएकोमा कोरोना पुष्टि भएको हो । डाक्टरको रिपोर्ट नआउँदासम्मै बिरामी परीक्षण गरिरहनु भएको थियो ।

सोमबार मात्र पोखरामा मणीपालका डाक्टरसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म गण्डकी प्रदेशमा १ हजार ३ सय ७७ जना कोरोना संक्रमित पुष्टि भएको छ । निको हुनेको संख्या पनि १२ सय १ जना पुगेका छन । अहिलेसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण अहिले गण्डकी प्रदेशमा १ सय ७२ जना आइसोलेसनमा छन् ।

प्रकाशित : २०७७ साउन १२ गते १५:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI