स्याङ्जाका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १२ गते १६:४९
स्याङ्जाका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि

स्याङ्जा । स्याङ्जामा १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले पुष्टि गरेका छन् । 

जिल्ला प्रहरी कार्यालयका ९८ जना प्रहरीको गत साउन ७ र ८ गते कोरोना परीक्षणका लिइएको स्वाब क्षयरोग उपचार केन्द्र पोखरामा लगिएको थियो । जसमध्ये सोमबार १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । बाँकीको रिपोर्ट आएको छैन । 

यसअघि जिल्ला प्रहरी कार्यालयका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्ला प्रहरी कार्यालयका कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ ।  

प्रकाशित : २०७७ साउन १२ गते १६:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI