दरबारमार्गबाट बेवारिसे १५ केजि सुन बरामद

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १३ गते १२:२३

प्रहरीले काठमाडौंको दरबारमार्गबाट १५ केजी सुन बरामद गरेको छ।

महानगरीय प्रहरी परिसरको टोलीले मंगलबार गाडीले फालेर हिडेकाे अवस्थामा उक्त परिमाणकाे सुन बरामद गरेको हो। प्रहरीले २ वटा हतियार पनि बरामद गरेकाे छ।

बरामद भएको सुनको मूल्य मंगलबारको बजार भाउअनुसार १२ करोड रुपैयाँभन्दा धेरै हुन्छ। सुन कसको र कहाँबाट आएको खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २०७७ साउन १३ गते १२:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI