सुनीलबहादुर थापा सहित १३ जना राप्रपा नेता काङ्ग्रेस प्रवेश

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १३ गते १६:५७
सुनीलबहादुर थापा सहित १३ जना राप्रपा नेता काङ्ग्रेस प्रवेश

काठमाडौं । राप्रपाका नेता सुनिलबहादुर थापा कांग्रेस प्रवेश गरेका छन् । उनीसहित १३ जना नेता कांग्रेस प्रवेश गरेका हुन् । उनलाई सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका थिए ।

कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीमा प्रवेश गरेका थापासहितका नेताहरुलाई माला लगाएर स्वागत गरेका थिए भने देउवाले सदस्यता प्रदान गरेका थिए । राप्रपा नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका सुनिलले केहीदिन अघि राप्रपा परित्याग गरेका थिए ।

प्रकाशित : २०७७ साउन १३ गते १६:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI