नवलपुरमा कोरोना संक्रमितको संख्या ३२१ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १५ गते ९:०३
नवलपुरमा  कोरोना संक्रमितको संख्या ३२१  पुग्यो

कावासोती । नवलपुरमा कोरोना संक्रमितको संख्या ३२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कावासोतीका ५ जना, हुप्सेकोटका ४ जना र गैडाकोटका २ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

यो सहित नवलपुरमा संक्रमितको संख्या ३ सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।


हुप्सेकोटमा ४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।


त्यस्तै गैडाकोट २ मा आमा छोरामा कोरोना भाइरस पुष्टि भएको छ ।

नवलपुरमा अहिलेसम्म ३,९८८ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको छ जसमा ३,६६७ जनाको नेगेटिभ पुष्टि भएको छ भने बाँकी ३२१ जनामा पोजेटिभ देखिएको हो ।


पोजेटिभ देखिएका मध्ये २ सय ७८ जना निको भएर डिस्चार्ज भईसकेका छन् । बुधबार थप ३ जना निको भएर डिस्चार्ज भएका थिए ।

प्रकाशित : २०७७ साउन १५ गते ९:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI