मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १५ गते १५:०९
Bike Theft Case Contiue In Up Azamgarh - वाहन चोरों का ...

घरमै राखिरहेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लु ३० प ५२५७ नं. को २२० सि.सि.को पल्सर मोटरसाईकल (नवलपरासी बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोती न.पा. १० मगरकोटका ताराबहादुर महतोको घरबाट साउन १२ गते राती चोरी भएको थियो ।

मोटरसाइकल चोरी गर्ने.कावासोती १५ शेरगञ्ज बस्ने बर्ष २६ का  शंकर तामाङ, सोही ठाउँका १९ वर्षीय उमेश महतो र सोही ठाउँकै  १९ वर्षकै दुलामनी महतोलाई चोरी भएको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई चोरी मुद्दा दर्ता गरी नवलपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता मोहनबहादुर खाँडले बताउनुभयो ।

प्रकाशित : २०७७ साउन १५ गते १५:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI