थप २७४ जनामा कोरोना संक्रमण, २४८ जना डिस्चार्ज

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १५ गते १६:४६
थप २७४ जनामा कोरोना संक्रमण, २४८ जना डिस्चार्ज

१५ साउन, काठमाडौं । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो ।

बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् ।

प्रकाशित : २०७७ साउन १५ गते १६:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI