कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको कुल संख्या ५२ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १५ गते १६:५९
कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको कुल संख्या ५२ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ ।

 यस्तै बिहीबार विभिन्न जिल्लामा गरी थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

योसँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको जम्मा सङ्ख्या १९ हजार ५४७ पुगेको छ।

प्रकाशित : २०७७ साउन १५ गते १६:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI