सभामुख निवासमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १७ गते १२:०२
सभामुख निवासमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि

सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक पुरुष कर्मचारीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।

ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुखसहित सभामुख निवासमा रहेका ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यसैगरी शुक्रबार नै सिंहदरबारभित्र ट्राफिक व्यवस्थान गर्ने दुई जना ट्राफिक प्रहरीलाई पनि कोरोना पोजिटिभ देखिएको छ । उनीहरुलाई संक्रमण पुष्टि भएलगत्तै रामशाहपथस्थित ट्राफिक प्रहरी महाशाखा सिल गरिएको छ ।

शुक्रबार काठमाडौंमा उपत्यकामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ३२, ललितपुरमा ५ र भक्तपुरमा एक जनामा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित : २०७७ साउन १७ गते १२:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI