पछिल्लो २४ घन्टामा नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १८ गते १६:३६
पछिल्लो २४ घन्टामा नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ६१ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ।

आइतबार थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार ६ सय ३ जना उपचारपछि निको भएका छन्। 

नेपालमा हालसम्म ५७ जना संक्रमितको मृत्यु भएको छ। 

प्रकाशित : २०७७ साउन १८ गते १६:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI