नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार ७ सय ५० पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १९ गते १६:४८
नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार ७ सय ५० पुग्यो
corona

पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको छ।

हालसम्म नेपालमा ५७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

प्रकाशित : २०७७ साउन १९ गते १६:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI