No ads found for this position

बलात्कारको अभियोगमा वडा अध्यक्ष पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २० गते ९:०८
No ads found for this position
बलात्कारको अभियोगमा वडा अध्यक्ष पक्राउ
No ads found for this position

गोरखा, २० साउन । १४ बर्षिय किशोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा गोरखाका एक जना जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ ।

पालुङटार नगरपालिका वडा नम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाटले ‘बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरी’का आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अन्दाजी ४७ वर्षीय रानाभाटलाई सोमबार पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

गत असारमा कालिकोटको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही पनि १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परेका थिए ।

प्रकाशित : २०७७ साउन २० गते ९:०८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI