पर्सामा थप ३४ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २० गते ९:३२
पर्सामा थप ३४ जनामा कोरोना संक्रमण

बाराका २ जना सहित पर्सामा सोमबार राति थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ६ महिला र २८ पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

सोमबार राति थपिएका संक्रमितहरु १४ देखि ५६ वर्ष उमेर समुहका रहेको उपाध्यायले बताए । उनका अनुसार ३४ जनामामध्ये आफैँले पैसा तिरेर परीक्षण गराएका, मास टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु छन् ।  

३४ जना संक्रमितमध्ये २६ जना वीरगन्ज महानगरपालिकाका हुन् भने बाराका २ जना  छन् । यस्तै जिराभवानी गाउँपालिकाका १ जना र  पोखरिया नगरपालिकाका ३ जनामा पनि संक्रमण भेटिएको छ । 

वीरगन्ज बस्दै आएका सर्लाही र सुर्खेतका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार बिहान पर्सामा ४५ जनामा संक्रमण पुष्टि भएको थियो । #

प्रकाशित : २०७७ साउन २० गते ९:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI