No ads found for this position

नवलपुर : राजमार्गमा ढुङै ढुङ्गा , दुर्घटनाको जोखिम बढ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २० गते १४:४०
No ads found for this position
नवलपुर : राजमार्गमा ढुङै ढुङ्गा , दुर्घटनाको जोखिम बढ्यो
No ads found for this position

दीपक भट्टराई

नवलपुर : बुटवल-नारायणगढ सडक खण्ड अन्तगत नवलपुर सडक खण्डमा राजमार्गकाे मर्मत नहुंँदा दुर्घटना काे जाेखिम बढेकाे छ । 

विभिन्न स्थानमा भत्किएको राजमार्ग टालटुल गर्न गार्बेलकाे ठाउमा ढुङ्गा मात्र राखेर मर्मत गर्न थाले पछि दुर्घटनाकाे जाेखिम बढेकाे हाे । लगातार परेकाे पानिले राजमार्ग भत्किन थालेपछि मर्मत काे नाउमा ढुङ्गा मात्रै बिछ्याउन थालेपछि स्थानियले बिराेध गरेका छन।

नवलपुरकाे गैडाकाेट रजहर प्रगतिनगर कावासाेती चाेरमारा लगाएतका क्षेत्रका अधिकांस  ठाउँमा राजमार्ग भत्किएपनि मर्मत हुन सकेकाे छैन । राजमार्गमा विभिन्न ठाउमा खाल्टा खुल्टी हुदा सवारी लिएर हिड्दा जाेखिम बढेकाे कावासाेतीका स्थानिय विश्व वगाले ले बताए । 

उनले भने,”राजमार्गमा छरिएका ढुङ्गा नहटाउदा ढुङ्गा उछिटीएर सवारी साधन र मानबिय दुर्घटना हुन सक्छ । ”  राजमार्ग निर्माण गर्ने जिम्मा पाएकाे चिनियाँ कम्पनीले लकडाउनका कारण निर्माण गर्न ढिलाई गरेपछि भत्किएको राजमार्ग मर्मत हुन सकिरहेकाे छैन ।

ब्यस्त मानिने राजमार्ग नै मर्मत हुन नसक्दा अधिकांश ठाउमा खाल्टा परेका छन् ।  नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले तत्काल सडम मर्मत गर्न र राजमार्गामा छरिएका ढुङ्गा हटाउन सम्बन्धित निकायलाई निर्दैशन दिएकाे बताउनु भयाे । घिमिरेले स्थानिय बाट पनि व्यापक गुनासाे आएकाे र सम्बन्धित आायाेजनालाई तत्काल काम थाल्न भनिसकेकाे  बताए । 

प्रकाशित : २०७७ साउन २० गते १४:४०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI