आफ्नै शरीरमा आगो लगाएका क्वारेन्टाइनका सुरक्षा गार्डको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २० गते १४:५५
आफ्नै शरीरमा आगो लगाएका क्वारेन्टाइनका सुरक्षा गार्डको ज्यान गयो

बुटवल , २० साउन । रुपन्देहीको क्वारेन्टिनमा खटिएका एक सुरक्षा गार्डले आफैले शरीरमा आगो लगाउँदा ज्यान गएको छ । देवदह नगरपालिका–५ मितेरी टोलका २४ वर्षीय विपिन बस्यालयले आफ्नै शरीरमा आगो लगाउँदा उनको जलेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार वडा नम्बर ७ शीतल नगरको क्वारेन्टिनमा खटिएका सुरक्षा गार्ड बस्यालले बिहान ४ बजेतिर आफ्नो शरीरमा मट्टितेल खन्याएर आगो लगाएको अवस्थामा भेटिएका थिए ।

स्थानीय देवदह मेडिकल कलेजमा उपचार हुन नसकेपछि पाल्पा लैजाँदै गर्दा उनको बुटवलमा ज्यान गएको हो । उनी मानसिक रोगका बिरामी भएको बताइएको छ । आगो लगाउनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : २०७७ साउन २० गते १४:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI