देशभर वर्षा हुने, यस्तो छ–तीन दिनको मौसम

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २१ गते ८:२५
देशभर वर्षा हुने, यस्तो छ–तीन दिनको मौसम
फाईल तस्वीर

मौसम पूर्वानुमान महाशाखाले आज  प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक वा दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने जनाएको छ।  

ति ठाउँमा सचेत रहन पनि उसले आग्रह गरेको छ। महाशाखाका अनुसार देशभर आज पनि झरी लाग्नेछ। तर, कतै मध्यम हुनेछ भने कतै हल्का। 

नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

यस्तो छ अगामी तीन दिनको मौसम
बुधबार

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती  प्रदेश  र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना। 
राति : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

बिहिबार

दिउँसो : प्रदेश नम्बर १, प्रदेश २ र बागमती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षा हुनसक्ने सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राति :  प्रदेश १,बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। 

शुक्रबार

दिउँसो : बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ। 
राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

प्रकाशित : २०७७ साउन २१ गते ८:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI