No ads found for this position

वीरगञ्जमा २ जना डाक्टरसहित थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २१ गते ९:५७
No ads found for this position
वीरगञ्जमा २ जना डाक्टरसहित थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
No ads found for this position

काठमाडौं- वीरगञ्जमा दुई जना डाक्टरसहित थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार डाक्टर, नर्स, एक्सरे सहायक, फर्मासिस्ट र स्वीपरमा कोरोना देखिएको हो।

मंगलबार रातीसम्म गरिएको स्वाब परीक्षणमा वीरगञ्जको नेसनल मेडिकल कलेजका एक जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, नरायणी वयोधा अस्पतालका एक जना रेडियोलोजिष्ट, नारायणी अस्पतालका २ जना फर्मासिस्ट, एक जना नर्स, एक्सरे सहायक र दुई जना स्वीपरमा कोरोना देखिएको छ। उनीहरुको अवस्था सामान्य रहेकफ डा उपाध्यायले जानकारी दिए। 

डा उपाध्यायका अनुसार अस्पतालमा मात्र हालसम्म डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी गरी ३५ जनामा संक्रमण देखिएको छ।

प्रकाशित : २०७७ साउन २१ गते ९:५७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI