बलात्कार आरोपमा वडा सचिब पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २१ गते १३:२९
बलात्कार आरोपमा वडा सचिब पक्राउ

बलात्कार आरोपमा कैलालीको भजनी नगरपालिका वडा नम्बर–४ का वडा सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

भजनीकै एक महिलाले आफूलाई वडा सचिव सुमनकुमार चौधरीले बलात्कार गरेको आरो लगाउँदै ४ दिन अघि मात्रै जिल्ला प्रहरी कार्यालय कैलालीमका उजुरी दिएकी थिइन्। 

बुधबार इलाका प्रहरी कार्यालय भजनीले वडासचिव सुमनकुमार चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले बताए। ‘बलात्कारको आरोपमा पक्राउ परेका वडा सचिवलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो’ उनले भने– ‘अब जिप्रका ल्याएर अनुसन्धान गर्नेछौं।’

नगरपालिकाका उपमेयर छाया देवकोटाले घटनाको बारेमा सामान्य जानकारी मात्रै भएको बताईन।

प्रकाशित : २०७७ साउन २१ गते १३:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI