अनलाइन कक्षा भइरहँदा बालबालिकाको आँखा कसरी जोगाउने?

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २२ गते १०:४६
अनलाइन कक्षा भइरहँदा बालबालिकाको आँखा कसरी जोगाउने?

विश्वभरि फैलिइरहेको कोरोना भाइरसको संक्रमणपछि धेरै विद्यालय बन्द अवस्थामा छन्। करोडौ बालबालिका विद्यालय जान पाएका छैनन्। 

यस्तो बेलामा अहिले स्कूले बालबालिका पढाउने माध्यम भनेकै ‘अनलाइन कक्षा’ हो। त्यसका लागि बालबालिकालाई टिभी, ल्यापटप, कम्प्यूटर अनि मोबाइलको स्क्रीनअघि बढिरहनुपर्ने हुन्छ। 

यसले गर्दा बालबालिकाको आँखामा प्रत्यक्ष असर पर्छ। 

स्क्रीनमा कति समय? 

बालबालिकाले एकदिनमा २० देखि ४० मिनेटभन्दा धेरै कम्प्यूटर, ल्यापटप तथा मोबाइलको क्रीनमा लगातार हेर्नुहुँदैन। एकपटकमा बढीमा २० मिनेटमात्रै। ३ देखि ५ वर्षसम्मबा बालबालिकालागि २०–२० मिनेट अनलाइन कक्षा हुनुपर्छ। 

पाँच देखि १५ वर्ष समुहका बालबालिकाले पढाई र मनोरञ्जनाका लागि दिनमा एक घन्टा समय बिताउदा खासै फरक नपर्ने भएपनि यो भन्दा बढी स्क्रीनमा हेर्नु स्वास्थ्यका हिसाबले राम्रो मानिदँैन।

१६ वर्षभन्दा माथिका किशोर तथा युवालाई स्क्रीनमा हेर्न तथा काम गर्ने कु्नै समयसिमा नभएपनि धेरै लामो समयसम्म नबस्दा नै राम्रो। 

कोठामा उज्यालो हुनुपर्ने

बालबालिका बसेको कोठामा उज्यालो हुनु जरुरी हुन्छ। अँध्यारो कोठामा बसेर मोबाइल चलाउदा टिभी हेर्दा वा ल्यापटप चलाउदा आँखामा जोड पर्छ। 

आँखामा दवाव नपरोस् भन्नका लागि उज्यालो कोठामा बसेर मनिटर तथा स्क्रीन हेर्नुपर्छ, र मनिटरको उज्यालो पनि मध्यमखालको राख्नुपर्छ। 

कम तथा न्यून उज्यालोमा स्क्रीनमा हेर्दा आँखाको रेटिनामा असर पर्छ जसको कारण आँखा सम्बन्धि विभिन्न समस्याहरु देखा पर्न थाल्छन्। 

बालबालिकाको आँखाको सुरक्षाको लागि ३३ सेन्टिमिटरको बदला ५० सेन्टिमिटरको ल्यापटप वा ट्याबलेट दिनु उत्तम हुन्छ।

परेली झिम्क्याउनु

बालबालिकाले ल्यापटप, ट्याबलेट र मोबाइल पाए आँखा नझिम्क्याएर एकोहोरो भएर हेर्ने गर्छन्। 
यतिसम्म कि उनीहरु आँखामा आँसु आउँदा पनि एकोहोरो हेरिरहन्छन्।

परेली नझिम्क्याई एकोहोरो स्क्रिनमा हेर्नाले आँखाको पानी सुक्छ। जसको कारण आँखा सम्बन्धि विभिन्न समस्या आउन सक्छन्। त्यसैले बालबालिकालाई स्क्रिनमा हेर्दा आँखा झिम्क्यमउन सिकाउनुपर्छ।

बीच–बीचमा ब्रेक लिने

लगातार स्क्रीनमा हेर्नु आँखा तथा स्वास्थ्य दुवैलाई घाटा गर्छ। आँखा तथा स्वास्थ्यका लागि भएपनि समयसमयमा ब्रेक लिनु राम्रो मानिन्छ।

२० मिनेट स्क्रीनमा हेरेपछि २० सेकेन्डजति ब्रेक लिएर आँखालाई आराम दिनु स्वास्थ्य तथा आँखा दुवैको लागि फाइदाजनक मानिन्छ।
यदि २० मिनेटमा कक्षा सकिएन भने कक्षापछि ब्रेक लिनुपर्छ। 

सन्तुलित आहार

बालबालिकाको शारिरीक र मानसिक विकासका लागि सन्तुलित आहारको आवश्यकता पर्छ। आहारमा पोषक तत्व तथा भिटामिन पाइने भएकाले ताजा र सन्तुलित भोजन  सेवन गर्नुपर्छ।

बालबालिकाको स्वास्थ्यका लागि भिटामिन ए, भिटामिन सी, भिटामिन ई, ल्युटिन, जिएनथिनजस्ता शरीरका साथै आखाको लागि पनि फाइदाजनक हुन्छन्।

प्रकाशित : २०७७ साउन २२ गते १०:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI