No ads found for this position

संक्रमितको संख्या बढे पनि विद्यार्थी भर्ना कार्यक्रम रोकिदैन : शिक्षा मन्त्रालय

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २२ गते ११:२५
No ads found for this position
संक्रमितको संख्या बढे पनि विद्यार्थी भर्ना कार्यक्रम रोकिदैन : शिक्षा मन्त्रालय
This image shows the Ministry of Education, Science and Technology in Singha Durbar, Kathmandu, in December, 2014. Photo courtesy: Niraj Bhusal via google Maps
No ads found for this position

काठमाडौं, २२ साउन । कोरोना भाइरसको संक्रमणको दर बढ्दै गए पनि पूर्वनिर्धारित कार्यतालीका अनुसार विद्यार्थी भर्ना कार्यक्रम नरोकिने भएको छ ।

संक्रमण बढ्दै गए पनि सुरक्षा सावधानी अपनाए जोखिम नहुने गरी भर्ना अभियान सुचारु गरिने संघीय सरकारको शिक्षा मन्त्रालयले बताएको छ ।

भर्ना कार्यक्रममा सहभागी हुने अभिभावक, शिक्षक र सम्बन्धित व्यक्तिलाई सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

भर्ना गर्न जाँदा बाटोदेखि शैक्षिक संस्थासम्म भौतिक दूरी कायम गर्ने, सकेसम्म सार्वजनिक गाडीमा यात्रा नगर्ने र गर्नै परे पनि पटक–पटक साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने गर्नुपर्छ ।

भर्ना गर्ने ठाउँमा पनि भीडभाड गर्न हुँदैन । यसका लागि विद्यालयले पनि दूरी कायम गर्ने व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित : २०७७ साउन २२ गते ११:२५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI