No ads found for this position

बिहीबार थपिए ३ सय ६० कोरोना संक्रमित

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २२ गते १६:३४
No ads found for this position
बिहीबार थपिए ३ सय ६० कोरोना संक्रमित
No ads found for this position

बिहीबार देशका विभिन्न ठाउँमा कोरोनाका ३ सय ६०  संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका नयाँ संक्रमित भेटिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा २ सय ३३ जना कोरोनामुक्त भई घर फर्किएका छन्।

प्रवक्ता गौतमले हालसम्म १५ हजार ३ सय ८९ जना कोरोनाबाट निको भएको जानकारी दिए। 

विगत २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख १९ हजार बढीको पिसिआर परीक्षण भएको छ।

अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या ६५ पुगेको छ। 

प्रकाशित : २०७७ साउन २२ गते १६:३४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI