कोरोना संक्रमणबाट थप ६ को मृत्यु, मृतक संख्या ६६ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २२ गते १६:३९
कोरोना संक्रमणबाट थप ६ को मृत्यु, मृतक संख्या ६६ पुग्यो

कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मृत्यु हुनेमा मोरङ जिल्ला रंगेली नगरपालिका वडा नं ८ दर्वेशा बस्ने ४५ वर्षका एक पुरुष रहेका छन्। २१ साउनमा ज्वरो श्वासप्रश्वामा समस्या भई कोसी अस्पताल पुर्याउँदा उनको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार मृत्यु प्रश्चात स्वाब संकलन गर्दा सोही दिनमा कोरोना पुष्टि भएको थियो।

मोरङ जिल्ला विराटनगर वडा नं ९ बस्ने ४५ वर्षको एक पुरुष २१ साउनमा कोसी अस्पतालमा निधन भएको हो। ज्वरो तथा छातीमा समस्या देखा परेपछि उनी अस्पताल पुगेका थिए। मृर्गौला तथा मधुमेह दिर्घरोगी समेत रहेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, सर्लाही जिल्ला मलंवा नगरपालिका वडा नं ८ की ६५ वर्षकी एक महिला साउन २१ मा मृत्यु भएको हो। उनी श्वासप्रश्वासमा समस्या भई साउन १६ गते मनमोहन मेमोरियल शिक्षण अस्पतालमा भेन्टिलेटरमा भर्ना भएकी थिइन।कोरोना पुष्टि भएसँगै उनलाई प्रहरी वल अस्पताल,बलम्बुमा रिफर गरिएको थियो।

धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं १० लालगढ बस्ने ७२ वर्षको एक पुरुषको १७ साउनमा मृत्यु भएको थियो। साउन १७ मा निमोनिया, श्वासप्रश्वासमा कठिनाई र पेट दुखी ओम अस्पताल तथा रिसर्च सेन्टरमा भर्ना भएका थिए। साउन १७ मा स्वाब संकलन गरी पठाइएकोमा बुधबार( साउन २१) मा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सप्तरी जिल्ला रुपनि नगरपालिका वडा नं ५ बस्ने ४२ वर्षका एक पुरुषको कोरोना संक्रमणको कारणले मृत्यु भएको छ। ज्वरो तथा श्वासप्रश्वासमा कठिनाई भएपछि २० साउनमा गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना भएका थिए । तर, अस्पतालमा उपचार सम्भव नहुने भएपछि थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएकोमा जाँदा जादै बाटोमा नै निधन भएको थियो।

मृत्यु पछि उनको स्वाब नुमना संकलन गरी परीक्षण गर्दा उनीमा साउन २२ गते कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। उनी डेढ महिना पहिले मलेसियाबाट फर्किएर होम क्वारेन्टाइनमा बसे

प्रकाशित : २०७७ साउन २२ गते १६:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI