कोरोना अपडेट : संक्रमितको संख्या २ करोड २३ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ४ गते ९:५४
कोरोना अपडेट : संक्रमितको संख्या २ करोड २३ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड २३ लाख नाघेको छ। बिहिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड २३ लाख २५ हजार ७ सय ६१ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५५ लाख २८ हजार ४ सय ९३ पुगेको छ। त्यस्तै  ब्राजिलमा ३४ लाख ५७ हजार ६ सय ५२,भारतमा २७ लाख ६७ हजार २ सय ७३  र रुसमा ९ लाख ३५ हजार ६६ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख ८६ हजार  नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार ७ लाख ८७ हजार २ सय ५८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा १ लाख ७३ हजार १ सय २५, ब्राजिलमा १ लाख ११ हजार १ सय,  मेक्सीकोमा  ५८ हजार ४ सय ८१,बेलायतमा ४१ हजार ४ सय ८३ , इटालीमा ३५ हजार ४ सय १२ जनाको मृत्यु भएको छ।

विश्वभर एक करोड ४२ लाख ५७८ हजार ३ सय ६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।

बिहिबार  बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २८ लाख १ हजार ९ सय ३१,अमेरिकामा १९ लाख २५ हजार ४९,रुसमा ७ लाख ४७ हजार ८ सय २ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि २८ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १७ हजार ७ सय जना संक्रमणमुक्त भएका छन् भने १ सय २० जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या  २७ लाख ६७ हजार २ सय ७३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५२ हजार ८ सय ८९  पुगेको छ। भारतमा हालसम्म २० लाख ३७ हजार ८ सय ७० जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म २ लाख ९० हजार ४ सय ४५ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार २ सय १  जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ७२ हजार १ सय २८  जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९१ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  १ लाख ६५ हजार ७ सय ३८ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार ५ सय ९९ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ७५ जनाको मृत्यु भइसकेको छ भने २७ हजार १ सय ६६ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ६ हजार २ सय २५ जना रहेको छ। मृत्यु हुनेको संख्या २४ छ भने उपचारपछि निको हुनेको संख्या ३ हजार ७ सय ८८ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या २ हजार ९ सय २ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ७ सय ६० रहेको छ।

भुटानमा संक्रमितको संख्या १४७ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १०३ छ।

प्रकाशित : २०७७ भदौ ४ गते ९:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI