No ads found for this position

तीजकाे दिन सुनको भाउ स्थिर

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ५ गते ११:५१
No ads found for this position
तीजकाे दिन सुनको भाउ स्थिर
No ads found for this position

काठमाडौ । धातु सुनको भाउ आज शुक्रबार स्थिर रहेको छ। तोलाको ९८ हजार ८ सय रुपैयाँमा हिजो बिहीबार किनबेच भएको छापावाल सुनको भाउ आज पनि त्यही कायम छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा आज शुक्रबार छापावाल सुन तोलाको ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ। त्यस्तै तेजाबी सुनको भाउ पनि हिजोकै सरह तोलाको ९८ हजार ३ सय कायम छ।

नारीहरूको चाड तीज र दसैं–तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा पनि सुन खरिद–बिक्री भने हुन सकेको छैन। एकातिर उपोक्ताको अनुमानभन्दा उच्च दरमा भाउ बढिरहनु तथा कोरोना महामारीका कारण चार महिना लामो ‘लकडाउन’ र दुई दिनदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण सुन बजार नराम्रोसँग प्रभावित भएको व्यवसायीहरू बताउँछन्।

छापावाल (२४ क्यारेट) र तेजाबी (२२ क्यारेट) सुनको भाउ स्थिर रहे पनि चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँ वृद्धि भएको छ। हिजो तोलाको १ हजार ३ सय ६० रुपैयाँ रहेको चाँदी आज १ हजार ३ सय ७० पुगेको छ।

महासंघका अनुसार भदौ १ मा छापावाल सुन तोलाको ९८ हजार २ सय, २ र ३ मा १ लाख ४ सय र ४ गते ९८ हजार ८ सय रुपैयाँ थियो।

प्रकाशित : २०७७ भदौ ५ गते ११:५१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI