कोरोना संक्रमित बढेसँग ८८ सयको रेमडिसिभिर कालोवजारीमा ३० देखि ५० हजार सम्ममा बिक्री

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ७ गते २३:२४
कोरोना संक्रमित बढेसँग ८८ सयको रेमडिसिभिर कालोवजारीमा ३० देखि ५० हजार सम्ममा बिक्री

पर्सा। कोरोना महामारी बढेसँग कोरोना संक्रमितको उपचारमा प्रभावकारी हुने रेमडिसिभिरको कालोबजारी बढेको छ । ५५ सय भारतीय रुपैयाँमा पाइने रेमडिसिभिरलाई अहिले पर्सा तथा पर्साबाट देशका अन्य भागमा पनि ३० देखि ५० हजारमा कालोबजारी गरि पठाउने क्रम शुरु भएको छ ।

पर्सा प्रहरीले रेमडिसिभिरको कालोबजारी गर्ने दुईजनालाई पक्राउ गरेसँगै तस्करीको संजाल पनि सतहमा आएको छ ।

प्रहरीले आइतवार साँझ एम्बुलेन्स चालक समेत रहेका भारतीय नागरिक सेराज अन्सारी र एनेस्थेसिया प्राविधिक ताहिर अन्सारीलाई पक्राउ गरेसँगै रेमडिसिभिरको संस्थागत कालोबजारी सतहमा आएको हो । उनीहरुकव साथबाट प्रहरीले ६ भाइल रेमडिसिभिर पनि वरामद गरेको छ ।

कोरोना संक्रमितहरुको उपचारमा लाभकारी हुने भन्दै हालै नेपाल सरकारले ५७० भाइल रेमडिसिभिर झिकाएको छ । जसमध्ये करिब सय भाइल पर्सामा पठाइएको छ । तर सरकारले ल्याएको भन्दा माग धेरै भएपछि धेरै ठूलो मात्रामा तस्करी भएर अस्पतालहरुमा औषधी पुगिरहेको छ ।

कोभीड उपचार भइरहेका अस्पतालहरुमा अहिले कालोबजारी भएर आएको रेमडिसिभिर बिक्री हुन थालेको छ । पर्साको कोभीड १९को उपचार हुने नारायणी अस्पतालमा पनि रेमडिसिभिरका कालोबजारी गर्नेहरुले चिकित्सकहरुलाई विचौलिया बनाएर औषधी विक्री गर्दै आएका स्वयं विरामीका आफन्तहरु बताउँछन् । यसरी किन्नुपर्दा महंगो मूल्य तिर्नुपरेको उनीहरुको गुनासो छ । चिकित्सकहले पनि रेमडिसिभिर प्रयोग गरे मात्र बाँच्न सक्नुहुन्छ भन्दै औषधी किन्न वाध्य पार्ने गरेको उनीहरुले बताएका छन् ।

नारायणी अस्पतालका डाक्टरहरु डा निरज सिंह, डा उदय नारायण सिंह, डा मनोज रुंगटा औषधी विचौलियाको भूमिकामा देखिएको विरामीका आफन्तहरु बताउँछन् । शान्ति पोलिक्लिनिकका प्रमोद सर्राफ भने रेमडिसिभिरको तस्करीमा संलग्न रहेको पक्राउ परेकाहरुले स्विकार गरेका छन् ।

दुई व्यक्ति पक्राउ परेसँगै उनीहरुलाई छुटाउन प्रहरीमाथि दवाव बढाइएको छ । पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्त उपचारका नाममा भइरहेको तस्करीलाई स्विकार्न नसकिने बताइन ।

प्रकाशित : २०७७ भदौ ७ गते २३:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI