No ads found for this position

चितवनका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ७ गते २३:३९
No ads found for this position
चितवनका थप १२ जनामा कोरोना संक्रमण पुष्टि
No ads found for this position

चितवन ।  चितवनमा आइतबार राति भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगरपालिकामा मात्रै  १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नं. ७, ९, १०, ११, १२ का ५ पुरुष र ७ जना महिला रहेका छन् ।

प्रयोगशालाका अनुसार उनीहरुको भरतपुर महानगरपालिकाको क्वारेन्टिन र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको थियो ।

प्रयोगशालामा आइतबार राति १० बजेसम्म गरिएको परिक्षणमा २०९ जनाको नमुना मध्य १९७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो  । आइतबार बिहान गरिएको परीक्षण भरतपुरका ७ जना सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : २०७७ भदौ ७ गते २३:३९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI