No ads found for this position

१९ दिनको सघन उपचारपछि कोरोना जितेर डिस्चार्ज भए डा. ध्रुब गैरे

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ८ गते २१:५२
No ads found for this position
१९ दिनको सघन उपचारपछि कोरोना जितेर डिस्चार्ज भए डा. ध्रुब गैरे
No ads found for this position

काठमाडौंं ।  १४ दिन आइसियुसहित १९ दिनको सघन उपचारपछि वीर अस्पतालका फिजिसियान डा. ध्रुब गैरे कोरोना जितेर डिस्चार्ज भएका छन् । संक्रमणलगतै फोक्सोको दुबै तर्फ निमोनिया देखिएका उनको उपचारमा नेपालमा उपलब्ध सबै विधि प्रयोग गरिएको थियो ।

त्रिवि शिक्षण अस्पतालका आइसियु विभाग प्रमुख डा. सुवास आचार्यको नेतृत्वमा डा. प्रमेशसुन्दर श्रेष्ठ, चेष्ट फिजिसियान डा. सन्तकुमार दासको टोलीले गैरेको उपचारमा प्लाज्माथेरापीसहित रेम्डेसिभिर औषधीसमेत चलाएको थियो ।

शरीरमा अक्सिजनको मात्रा निकै कम भएर भेन्टिलेटरमा हाल्नुपर्ने अवस्थामा पनि चिकित्सक टोलीले उपचारमा सफल मानिएको हाइफ्लो अक्सिजन नेजल क्यानुला प्रयोग गरेर घोप्टे पारेर सुताउँने उपचार विधि प्रयोग गरेको थियो ।

जसले गर्दा नर्मल अक्सिजन मास्कले भन्दा अक्सिजनको मात्रा बढाउन र भेन्टिलेरमा हाल्नुपर्ने अवस्थालाई टार्न मद्दत गर्छ ।

डा. गैरेसहित नोवल अस्पतालका रेजिडेन्ट चिकित्सक डा. रामप्रताप र नोवलकै अर्का एक चिकित्सकलाई पनि अहिले आइसियुबाट बाहिर सारिएको छ । कोरोनाको जटिल अवस्थाका बिरामीको उपचारमा पछिल्लो समयमा त्रिवि शिक्षण अस्पतालमा निकै सफल देखिएको छ ।

पहिलोपटक डा.ज्ञानेन्द्रमान सिंह कार्कीलाई पनि नेपालमै पहिलोपटक प्लाज्माथेरापी र रेन्डेसिभिर उपचार गरिएको थियो ।

चिकित्सकहरुले पछिल्ला दिनमा जटिल बिरामीको संख्या बढेसँगै हाइफ्लो अक्सिजन क्यानुलाको व्यवस्थापन र यो विधिको प्रयोग बढाउँदै जानुपर्ने आश्वयकता औलाएका छन् ।

डा. केही बेरअघि मात्रै डिस्चार्ज भएर फर्किएको भन्दै उपचारमा संलग्न सबै चिकित्सक साथीलाई ह्दयदेखि धन्यवाद दिन चाहेको बताए । ‘सबैको शुभेच्छाले बाँचेर फर्किएको छु, अझै केहीदिन आराम गरेर बस्छु, अनि सार्वजनिक रुपमा बोल्छु’ डा. गैरेले भने ।

प्रकाशित : २०७७ भदौ ८ गते २१:५२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI