No ads found for this position

मेस्सीको रिलिज क्लज ७ सय मिलियन

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ८ गते २२:०७
No ads found for this position
मेस्सीको रिलिज क्लज ७ सय मिलियन
No ads found for this position

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना कप्तान तथा सुपर स्टार फरवार्ड लियोनेल मेस्सीले रिलिज क्लज तोकेको छ । सम्झौताको अन्तिम वर्षमा रहेपनि मेस्सीलाई क्लबको सहमतिबिना अनुबन्ध गर्न ७ सय मिलिय युरो तिर्नुपर्ने छ ।

स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोका अनुसार ७ सय मिलियन युरो (६३१ मिलियन पाउण्ड) तिर्न सफल भएमात्र बार्सिलोनाको अनुमति बेगर पनि मेस्सीले क्लब छाड्न पाउनेछन् । ६ पटकका बालोन डि योर विजेता अर्जेन्टिनी मेस्सीको बार्सिलोनासँगको सम्झौता २०२१ सम्म रहेको छ । तर क्लबले चाहेको खण्डमा यो रकममा दुई क्लबबीच सहमति हुन सक्नेछ ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउको भनाइ मान्ने हो भने क्लब कुनै हालतमा मेस्सीलाई जान दिने पक्षमा छैन । त्यसैले बार्सिलोनाले तोकेका मूल्य विश्व फुटबलमा कुनैपनि क्लबका लागि तिर्न सजिलो छैन । बार्सिलोनाले राखेको रिलिज क्लज २०१७ मा ब्राजिली नेयमारले पाएको विश्व कीर्तिमानी ट्रान्सफर रकमभन्दा तीन गुणा बढी हो ।

पछिल्लो पटक मेस्सीलाई अनुबन्ध गर्न इन्टर मिलान, म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) इच्छुक देखिएका छन् । यस्तैमा म्यानचेस्टर युनाइेटडले पनि चासो देखाएको छ । तर कुनैपनि क्लबले रिलिज क्लजको पूरा रकम तिर्ने सम्भावना छैन । विकल्पमा सबै क्लबले मेस्सीसँग व्यक्तिगत सम्झौता गरेर अर्को वर्ष फ्री ट्रान्सफरमा उनलाई अनुबन्ध गर्न सक्छन् ।

यता बार्सिलोनाले पनि मेस्सीले नयाँ सम्झौता नगरे उनलाई राम्रो रकममा बेचेर अन्य खेलाडीमा खर्च गर्न सक्छ । पछिल्लो समय क्लबसँग निराश रहेका ३३ वर्षीय मेस्सीको बार्सिलोनामा भविष्य शंकाको घेरामा छ । उनले सम्झौता नविकरणलाई लिएर भएको छलफल बिचमा नै रोक्न भनेका थिए ।

मेस्सीले यो सिजन नै बार्सिलोना छाड्ने चर्चा भएपनि उनले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैनन् । तर, क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँगको छलफलमा बार्सिलोनामा आफ्नो भविष्य नरहेको प्रष्ट पारेका छन् । उनी सम्भवत अर्को सिजन फ्री ट्रान्सफरमा अन्यत्र जानेछन् ।

प्रकाशित : २०७७ भदौ ८ गते २२:०७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI