दीर्घरोग नभएका ३७ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १० गते ८:००
दीर्घरोग नभएका ३७ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु

नेपालगञ्ज । कुनै दीर्घरोग नभएका ३७ वर्षका एक पुरुषको बाँकेमा कोभिड १९ का कारण मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, मंगलबार राति नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यसअघि नरैनापुर, बैजनाथ, कोहलपुर र नेपालगञ्जकै एक–एक जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

नेपालगञ्जका ३७ वर्षीय पुरुषको दुवै फोक्सोमा निमोनिया भएपछि भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

बिहान १० बजे भर्ना गरिएका उनको ११ बजे स्वाव लिइएको थियो । भोलिपल्ट ९ गते दिउँसो तीन बजे कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।

मेडिकल कलेजमा उपचार रहेका उनका अवस्था बिग्रिँदै गएपछि नेपालगञ्जबाट भेन्टिलेटरसहित कोहलपुर मेडिकल कलेजमा सारेर उपचार भइरहँदा मंगलबार राति एक बजेर ३० मिनेटमा मृत्यु भएको फोकलपर्सन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : २०७७ भदौ १० गते ८:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI