काङ्ग्रेस नवलपुरका सचिव घिमिरे सहित नवलपुरमा ९ जना संक्रमित

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १० गते १४:०२
काङ्ग्रेस नवलपुरका सचिव घिमिरे सहित नवलपुरमा ९ जना संक्रमित

कावासोती/१० भदौ
नेपाली काङ्ग्रेस नवलपुरका जिल्ला सचिव बालकृष्ण घिमिरे सहित जिल्लामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घिमिरेले आफू संक्रमित भएको फेसबुकमा स्टाटस लेखेर सार्वजनिक गरेका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार आज संक्रमित हुनेहरुमा चितवन मेडिकल कलेजमा कार्यरत कावासोती -३ कि २३ वर्षीय र देवचुली-१० कि २४ वर्षीय महिला स्वास्थ्यकर्मी रहेका छ्न ।

त्यसै गरि कावासोती १४ का ४१ वर्षिय महिला, कावासोती १६ का २८ वर्षीय महिलामा पनि संक्रमण देखिएको छ । कावासोती १६ का ३३ वर्षीय पुरुष, गैंडाकोट नगरपालिका वडा नं १३ का २४ र ३० वर्षीय दुई पुरुष , गैंडाकोट-१ कि ४० वर्षीय महिलामा संक्रमण देखिएको हो ।

प्रकाशित : २०७७ भदौ १० गते १४:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI