No ads found for this position

पश्चिम नवलपरासीमा सर्पको टोकाइबाट एकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १० गते १४:५९
No ads found for this position
पश्चिम नवलपरासीमा सर्पको टोकाइबाट एकको मृत्यु
No ads found for this position

उमेश बि.क / नवलपरासी ,१० भदौ

पश्चिम नवलपरासीको बड्हरामा सर्पको टोकाइबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ बड्हरा बस्ने बर्ष ४८ काे नरेश गुप्ता रहेको त्रिबेणी अार्मि क्याम्पले जनाएको छ ।

खेतमा माछा मार्न गएकाे अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो । उनलाई उपचारका लागि त्रिबेणी स्थित त्रिबेणी अार्मि क्याम्पमा पुर्याइएकाे थियो ।

थप उपचारका लागि बुटवल लगिने क्रममा उनको बाटोमा नै मृत्यु भएको समाजसेवी जन्मेजय यादवले जानकारी दिनुभएको हाे।

प्रकाशित : २०७७ भदौ १० गते १४:५९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI