No ads found for this position

नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ११ गते ९:३४
No ads found for this position
नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
No ads found for this position

कावासोती/भदौ ११

नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार भरतपुरको चितवन मेडिकल कलेज कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा मध्यबिन्दु १० अरुणखोलाका ४० र ५० बर्षका २ पुरुष  र गैंडाकोट ५ का ३५ बर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

बिहिबार बिहान पुष्टि भएका तिनै जना ट्राभल हिस्ट्री नभएका  समुदाय स्तरका भएको जनाईएको छ । संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको खोजी सुरु गरिएको बताईएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ४ सय १४ पुगेको छ ।

प्रकाशित : २०७७ भदौ ११ गते ९:३४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI