पुजारी हत्या प्रकरण : न्याय माग्नेलाई नै कारबाहीको चेतावनी !

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ११ गते १२:५५
पुजारी हत्या प्रकरण : न्याय माग्नेलाई नै कारबाहीको चेतावनी !

काठमाडौं, ११ भदौ । रौतहटको माधवनारायण नगरपालिका–२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको गाली हानी हत्या भएको आज हप्तादिन बितिसकेको छ ।

तर, जजारी हत्यामा संलग्नहरु अहिलेसम्म कोही पनि पक्राउ पर्न सकेका छैनन् । हत्यारा पक्राउ गर्न ढिलासुस्ती गरिरहेको भन्दै विभिन्न धार्मिक संघ संस्थाहरुले सरकारमाथि दबाब सृजना गरिरहेका बेला सरकारले भने उनीहरुलाई नै कारबाही गर्ने चेतावनी दिएको उनीहरुले बताएका छन् ।

हत्यारालाई कारबाही गर्नु पर्ने भन्दै शुरु भएको दबाबपूर्ण प्रदर्शन रोक्न गृहमन्त्रालयले निर्देशन नै जारी गरेको विश्व हिन्दू परिषद्ले बताएको छ । परिषद्का अनुसार आइतबार संघीय सरकारको गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई ‘अत्यन्त जरुरी’ पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो ।

पुजारीको हत्यारा पक्राउ गर्नुको साटो न्याय माग्नेलाई नै कारबाहीको चेतावनी दिनु दुर्भाग्यपूर्ण एवं निन्दनीय कार्य भएको विश्व हिन्दू परिषद्का महासचिव जितेन्द्र कुमार सिंहले बताएका छन् ।

‘हत्या भएको हस्तादिन बितिसक्दा पनि हत्यामा संलग्नहरुलाई खोजेर कारबाही गर्न आदेश दिनुको साटो पुजारी हत्याको विरोध गर्नेहरुलाई नियन्त्रण गर्न प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिनुले सरकारको नियतमा समेत प्रश्नचिह्न खडा गरेको छ’, सिंहले भने, ‘कस्तो सरकार हाम्रो ! न्याय माग्दा कारबाही गर्ने चेतावनी दिने अनि अपराधीविरुद्ध कडारुपमा प्रस्तुत हुनुको साटो पीडितका लागि आवाज उठाउनेको आवाज दबाउने प्रयास किन हुँदै छ ?’

हिन्दूवादी व्यक्ति एवं संगठनको नाम नै तोकेर, हत्याको विरोध गरे थुन्न आदेश दिने सरकारले भोलि हिन्दूहीतको कुरा गर्नेलाई पनि कुनै बाहनामा थुन्न सक्ने सिंहको बुझाइ छ ।

प्रकाशित : २०७७ भदौ ११ गते १२:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI