No ads found for this position

देशकै नमूना आईसोलेसन:प्राकृतिक उपचार पद्धतिबाट कोरोना संक्रमितको उपचार गर्दै

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ११ गते १६:१६
No ads found for this position
देशकै नमूना आईसोलेसन:प्राकृतिक  उपचार पद्धतिबाट कोरोना संक्रमितको उपचार गर्दै
No ads found for this position

सन्जय भट्टराई/कावासोति, ११भदौ

कोरोना संक्रमणको महामारी सँगसँगै यति बेला देशका धेरै अस्पतालहरु आईसोलेसन बनेका छ्न । विभिन्न अस्पतालका आईसोलेसनमा कोरोना संक्रमितको उपचार भई रहदा आईसोलेसनमा गरिने व्यवहार , त्यहाँ प्रदान गरिने खाना लगाएतका व्यवस्थापकिय कुरामा दिनहुँ जसो प्रश्न उठने, समाचार आउने गरेका छन । तर पुर्वी नवलपरासीको रजहरको प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालमा पुगे पछि त्यहाँको कुशल व्यवस्थापन , स्वास्थ्यकर्मीको पारिवारिक व्यवहार, संक्रमितको आत्मबल देख्दा कोरोना कुनै महामारीनै होइन जस्तो लाग्छ ।

प्राकृतिक चिकित्सा पद्धतिमा उपचार गर्नका लागि समुदायको पहलमा स्थापना गरिएको यो अस्पताललाई यति बेला कोरोना संक्रमितको उपचार गर्ने गरि अस्थायी कोरोना अस्पतालको रुपमा सन्चालन गरिएको छ ।

जिल्लाका स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेश सरकारको पहलमा जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमा नै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार शुरु गरेको हो ।

अस्पतालका निर्देशक डाक्टर विनोद पौडेल संक्रमितलाई योग अभ्यास गराउदै
अस्पतालका निर्देशक डाक्टर विनोद पौडेल संक्रमितलाई योग अभ्यास गराउदै

प्राकृतिक चिकित्सा विधिबाट उपचार गरेपछि ३ सय २९ जना कोरोना मुक्त भएर घर गएका र ६० जना संक्रमितको उपचार भईरहेको अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले बताए । स्वस्थ खानेकुरा खान दिएर छिटो रोग प्रतिरोधात्मक क्षमता बढाउँदै सङ्क्रमितलाई स्वस्थ बनाउनका लागि प्राकृतिक उपचार विधिको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।
सङ्क्रमित व्यक्तिलाई मानसिकरुपमा स्वस्थ राख्नका लागि पर्याप्त दूरी कायम गरी योग, मेडिटेसन गराएर उनीहरुलाई चाँडो सङ्क्रमणमुक्त बनाउने प्रयासमा आँफूहरू लागेको उनले बताए ।

“प्राकृतिक चिकित्सा विधिबाट उपचार गरिएकाले बिरामीमा जटिलता आएको छैन, सङ्क्रमित खराब अवस्थामा पुगेका छैनन्”, उनले भने । खानाको बारेमा बुझाएपछि बिरामी आफैँले माछामासु खान मन नगरेका उल्लेख गर्दै सबैलाई सन्तुलित आहार प्रदान गरिएको निर्देशक डा पौडेलले बताउछ्न।

प्राकृतिक विधि बाट उपचार हुने हुँदा यहाँ आएका संक्रमितहरुको आत्मबल पनि उच्च रहेको पाईन्छ । संक्रमितहरुलाई बिहानको समयमा नियमित योग प्रणायाम गराईन्छ , समयतालिका मिलाएर मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी गराउने गरिन्छ जसले गर्दा उनिहरुको आत्मबल बढदै गएको डाक्टर पौडेल बताउछ्न ।

यस अस्पताल बाट कम खर्चमा छिटो निको भएर बिरामी घर फर्किएका छन्। नियमित योगा, प्राकृतिक चिकित्सा पद्धतिको उपचारले संक्रमितले कोरोनालाई परास्त गर्न सफल भएका छन्। अस्पतालको खुल्ला हरियाली वातावरणमा रमाउँछन् संक्रमित। उनीहरु दैनिक एकदेखि डेढ घण्टासम्म योग गर्छन्। चिकित्सकको लगातार परामर्शले डर र चिन्ताबाट मुक्त भएको उनीहरु सुनाउँछन्।

संक्रमण भएर यहि अस्पताल पुगेका पत्रकार रमेश बस्ताकोटी अस्पताल पुगे पछि आफ्नो आत्मबल दह्रो भएको बताउदै उनी आईसोलेसन बाटै आफ्नो नियमित काम गरिरहेका हुन्छ्न । “यहाँको वाताबरण ले नै विरामी निको हुन मदत गर्छ , यहाँको प्राकृतिक उपचार पद्धति देशमा अन्त छैन। खान पिन सबै अर्गानिक छ , त्यसले कोरोना मात्र हैन अन्य रोग संग लड्न पनि सहयोग पुर्याएको छ । अर्को कुरा यहाँ नियमित योगहुन्छ , ध्यान र प्राणायम हुन्छ त्यसले शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राख्न सहयोग गरेको छ । संक्रमित हरुले बढी तनाब नलिउन भनेर यहाँ नाचगान हुन्छ यसले छिटो निको हुन सहयोग गरेको छ,” बस्ताकोटीले बताए ।

१६ दिन अगाडी संक्रमण देखिए पछि अस्पताल आएका अर्का पत्रकार सागर पोख्रेलको अनुभव पनि गजबको छ । ” आफू संक्रमित भएको केही दिन पछि श्रीमति र १४ वर्षीय छोरीमा पनि संक्रमण देखिँदा केही डर थियो , तर अस्पतालको उपचार पद्धति , खानपान र चिकित्सकहरुको व्यवहार, पारिवारिक वातावरणले कोरोनालाई सजिलै परास्त गर्न सकिने लागेको छ, अब छिट्टै स परिवार घर जानेछौं, साच्चै यो देशकै नमुना आईसोलेसन हो” , पोख्रेलले बताए ।

“संक्रमित भएर यहाँ आएपछि यस अस्पतालमा गरिने प्राकृतिक पद्धतिको उपचार, विहानकाे याेग, ध्यान र बेलुकी पखकाे खेलकुद, अन्य रमाईलाे कार्यक्रमले हामीलाई तनाव मुक्त बनाएकाे छ , प्राकृतिक सुन्दरता, हरियाली र शान्त वातावरणले पनि उपचार र बसाईमा निकै सहज भएको छ , छिट्टै कोरोनालाई जितेर फर्किने छौं, ” अस्पतालमा उपचाररत अर्का पत्रकार अर्जुन अविरलले बताए ।

 

 

 

प्रकाशित : २०७७ भदौ ११ गते १६:१६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI