डिसेम्बरमा खोप ल्याउने चिनियाँ कम्पनीको तयारी, मुल्य समेत तोकियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ११ गते १६:२२
डिसेम्बरमा खोप ल्याउने चिनियाँ कम्पनीको तयारी, मुल्य समेत तोकियो

बेइजिङ : विश्‍वभरका वैज्ञानिकहरु कोभिड १९ को खोपको विकासमा लागिरहँदा चिनियाँ एक औषधि कम्पनीले भने कोभिड १९ को खोप यही वर्षको अन्त्यसम्म बजारमा आउने भन्दै यसको मुल्य समेत तोकिसकेको छ ।

चिनियाँ औषधि उत्पादक कम्पनी सिनोफार्मले उक्त खोप यही वर्षको डिसेम्बरमा आउने भन्दै यसलाई १४० डलर पर्ने वा नेपाली १५ हजार जति पर्ने जनाएको छ । चीन सरककारले पनि केहीअघि खोपमा भइरहेको प्रगतिबारे जानकारी दिएको थियो । त्यसो त खोप विकासको चरणमा विश्वभर अन्तिम चरणमा पुगेका ६ खोपमध्ये आधा चिनियाँ भएको बताइन्छ ।

तर विश्वव्यापी परीक्षण खोप गर्नुपर्नेमा चीनले अत्याधिक संक्रमण भएका स्थानमा परीक्षण गरेको बताइएको छ । यसवाहेक युरोपियन विज्ञहरु पनि चीनले विकास गरेको खोपप्रति सकारात्मक छन् । यसबीचमा चीनले गत महिनादेखि प्रमुख सरकारी कर्मचारीहरुमाथि खोपको गोप्य परीक्षण गरिएको पनि चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्।

प्रकाशित : २०७७ भदौ ११ गते १६:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI