कुलमान घिसिङ र केहि अनुत्तरित प्रश्नहरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ११ गते २१:५१
कुलमान घिसिङ र केहि अनुत्तरित प्रश्नहरु

सुदिप चापागाईं/कावासोती
एक ताका थियो , हामि बत्ती आउने जाने समय गन्दै बस्थ्यौं , आइतबार देखि शनिबार सम्मको लोडसेडिङको तालिका प्रष्ट अक्षरमा भित्तामा टाँगिएको हुन्थ्यो , ‘अमेरिकामा त बत्ति एक मिनेट पनि जादैन अरे ‘ हाम्रो लागि किंवदन्ती जस्तै थियो यस्तो कुरा । बत्ती बिनाको जिन्दगी अध्यारो थियो त्यतिबेला हामिले बत्ती आफ्नो अनुरुप चलाउने होइन हाम्रो जिबन बत्ती अनुसार चल्थ्यो । सोलार कम्पनी, इन्भर्टर कम्पनी अझै मोटाउँदै थिए , भित्रि रुपमा उनिहरु मुलुक अन्धकारमै रहिरहोस भन्ने कामना गर्दथे । यो भन्दा पहिले गोकर्ण विष्ट उर्जा मन्त्री हुदा बिधुत चुहावट नियन्त्रण गरेर ख्याती कमाइसकेका मन्त्री थिए , तर अझै समस्या को पुर्ण समाधान भने भएको थिएन ।
अब नेपालिहरुको दिनचर्या अन्धकार मै बानि बसिसकेको थियो । गाउँमा टुकि , लालटिन बजारमा मैनबत्ति सामान्य परिवारको अभिन्न अंग जस्तै थिए ।

त्यतिबेला यसरि लोडसेडिङ र बिजुलिमा टर्निङ प्वाइन्ट आउदैन थियो होला सायद यदि प्रचण्डले ओलिसंगको गठबन्धन तोडेर देउबा तिर‌ नलागेको भए , सायद‌ मुलुक अझै अन्धकारमै रहन्थ्यो कि ?

काँग्रेस र तत्कालिन ए नेकपा माओबादि बिचको सहमतिपछि , २०७३ साल साउन १९ गते प्रचण्ड प्रधानमन्त्रीमा आफ्नो दोस्रो कार्यकाल सम्हाल्दै थिए , दुइ चरणको चुनाब मा स्थानिय निकायको चुनावपछि सत्ता देउवालाई दिने सर्त सहित उन्ले पद सम्हालेका थिए । २०६२/६३ को जनआन्दोलन पछिको तत्कालिन समयको बिश्वकै कान्छो गणतन्त्रात्मक मुलुक बनेको नेपालको पहिलो निर्वाचनपछि राष्ट्रिय सहमतिको सरकारमा प्रचण्ड ले सत्ता सम्हालेका थिए । कटुवाल प्रकरण पछि राजिनामा दिएका प्रचण्ड फेरि सोहि स्थानमा पुग्न झण्डै १० वर्ष कुर्न पर्यो । सायद यो पटक प्रचण्ड पहिलो कार्यकालको गल्ति दोहोर्याउन चाहादैन थिए , स्वास्थ्य मन्त्रि मा गगन थापा , उर्जा मन्त्री मा जनार्दन शर्मा रोज्नुले उन्को सत्तामा रहेर केहि काम गर्न खोजेको नियत स्पष्ट देखिन्छ । अहिले पनि हेर्ने हो भने राजतन्त्र फालेपछिको बनेका सरकारमध्ये प्रचण्ड कार्यकाल निकै सम्बेदनशील र गतिशिल थियो । यता जनार्दन सर्मा उर्जा मन्त्री भैसकेपछि अब उनिमाथि सबैभन्दा ठुलो समस्या आइपरेको थियो : देशको लोडसेडिङ , उन्ले भनेका थिए ”ऊर्जामन्त्री भएपछि १५ दिन त म त्यत्तिकै छटपटाएर बसेँ। सबैले अब लोडसेडिङ मन्त्रीको उपमा दिने भए भन्ने लाग्थ्यो। मेरो चिन्ता नै मुलुकलाई लोडसेडिङबाट कसरी मुक्त गर्ने भन्ने थियो। ”

विद्युत प्राधिकरणको प्रमुख नियुक्ति गर्ने बेला आएको थियो , शर्मालाइ करोड‌ करोडको अफर लिएर भेट्ने हरुको लाइन लागेको थियो , करोड बुझाएर अरब कमाउने नियत शर्माले प्रष्ट बुझेका थिए , त्यसैले उन्को नजर चिलिमेमा राम्रो प्रदर्शन गरेका पछि प्राधिकरणमा तानेर भुमिका बिहिन बनाइएका कुलमान घिसिङ माथि थियो , आफ्नो स्पिर्ट मा काम गर्न सक्ने भनेर सेप्टेम्बरमा सर्माले घिसिङ लाइ बिधुत प्राधिकरणको प्रमुख नियुक्ति गरे , नभन्दै त्यस्को एक महिनामा २०७३ कार्तिक १४ गते लक्ष्मी पुजाको दिन कुलमानले परिक्षणको रुपमा काठमाडौंलाइ लोडसेडिङ मुक्त गराए , जुन सफल भयो र यस्को ५ महिनापछि २०७३ चैत १ गते देशमा ऐतिहासिक रुपमा अब कहिल्यै नफर्किने गरि लोडसेडिङ अन्त्य भयो । बिस्तारै लालटिन र टुकिले बिस्राम पाए , इन्भर्टर र सोलारको प्रयोग कम हुदै गयो , नेपालि जनताले नसोचेको सपना पुरा भएको थियो ।

एकपटक बिराटनगरमा अन्तरक्रियामा जनार्दन शर्माले भनेका थिए ” म मन्त्री भएपछि यस्तो टिम खोजेको थिए जस्ले मेरो स्प्रिटलाइ बुज्न सकोस , मेरो त के भर यहि छदाछदै मन्त्रीबाट तानिन सक्छु तर‌ मैंले नियुक्त गरेको मान्छे पाच वर्ष लाइ काम गर्न पाउने छ र यदि मैले सहि छाने भने उर्जाको क्षेत्रमा मुलुकले ठुलो फट्को मार्नसक्छ त्यसैले म सिफारिस होइन काम गर्ने मान्छे खोजेको छु । ”

नभन्दै सफलतापूर्वक बैशाख मा स्थानिय निकायको चुनाव गराए पछि सहमति अनुसार अब प्रचण्डको कार्यकाल देउबाले सम्हाल्न आइपुगे जहा जनार्दन सर्मा गृहमन्त्री मा तानिए , जहाबाट उन्को सुरुको डर लोडसेडिङको मन्त्री को सट्टा लोडसेडिङ मुक्त गर्ने मन्त्रीको रुपमा उनि स्थापित भैसकेका थिए ।

यता पाँच वर्षिय कार्यकाल सम्हालेका घिसिङलाइ लोडसेडिङ हटाएर मात्र सजिलो थिएन , प्राधिकरणको अरबौ घाटालाइ कमसेकम गराउनु थियो , यहि भदौमा उन्को कार्यकाल सकिदै गर्दा आज प्राधिकरण ११ अरब भन्दा बढि नाफामा छ ।
अहिलेसम्म कुलमान को कार्य अबधि थप्ने नथप्ने भन्ने बिषयमा मन्त्री परिषदमा कुनै छलफल भएको छैन , देशैभरिबाट जनदबाब भने सुरु‌हुदै‌ गएको छ ।

पुर्व प्रमुख मुकेश काफ्लेलाई गालि गर्दै र कुलमान को पक्ष लिदै सामाजिक सञ्जाल मा फोटो , स्टाटस , मिमहरु प्रत्येक दिन सेयर भैरहेका छन । पद सम्हालेको ६ महिना भित्रै देशलाइ लोडसेडिङ मुक्त गराउने र‌ अर्बौको फाइदा‌ पुर्याउने घिसिङलाइ स्रोत का अनुसार सरकारले सेलिब्रेटी बन्न खोजेको , भनेको नटेरेको , आफु अनुरुप चलेको र फेरि प्रमुख हुन जनदबाब सृजना गरेको जस्ता आरोप लगाएर दोहोर्याउन चाहेको छैन । अब यसबाट प्रश्न उठ्छ कतै फेरि मुलुक अध्यारो तर्फ धकेलिन खोजेको त होइन ? हुन त लोडसेडिङ अन्त्य हुनासाथ जनार्दन शर्मा ले भनेका थिए , ” एउटा डरलाग्दो विकृतिको अन्त्य गरेका छौ यस्को जरोसनेत बाकि छैन , अब‌ कसैले आएर लोडसेडिङ हुनेछ‌ भन्यो भने अग्रपंक्तिमा म आन्दोलन गर्ने छु , जनताको साथ चाहिने‌ छ । ”
खैर भदौ २९ कुलमान घिसिङको कार्यकाल सकिने छ‌ , आशा गरौ यस बिषयमा आममानिसको प्रश्नको जवाफ सरकारले चित्तबुझ्दो तरिकाले दिनेछ आशावादी बनौ ।

प्रकाशित : २०७७ भदौ ११ गते २१:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI