देवचुलीका २ र विनयीत्रिवेणीका ६ सहित नवलपुरमा ८जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १२ गते १०:४६
देवचुलीका २ र विनयीत्रिवेणीका ६ सहित नवलपुरमा ८जनामा कोरोना संक्रमण

कावासोती । नवलपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको देवचुली नगरपालिका वडा नं १५ कि ५० वर्षिय महिला , देवचुली १६ का ३० वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै जिल्लाकै विनयी त्रिवेणि गाँउपालिका वडा नं १ का १७, ४०,६१ र ६७ वर्षीय ४ जना महिला र २० र ६२ वर्षीय दुई पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

 

प्रकाशित : २०७७ भदौ १२ गते १०:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI