समुदायमा संक्रमण देखिए पछि देवचुली १५ र १६ का केही क्षेत्र सिल

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १२ गते १४:३६
समुदायमा संक्रमण देखिए पछि देवचुली १५ र १६ का केही क्षेत्र सिल

१२ भदौ २०७७
नवलपुरको देवचुली नगरपालिका वडा नं १५ र १६ का दुई जना स्थानियमा शुक्रवार  कोरोना संक्रमण पुष्टि भए पछि दुवै वडाको संक्रमित बस्ने क्षेत्र भाद्र १८ गते राति १२ बजे सम्म लागू हुने गरि सिल गरिएको छ ।

देवचुली १५ को पूर्वमा अन्नपूर्ण मार्ग पश्चिममा पशुपति चोक, उत्तरमा अन्नपूर्ण चोक र दक्षिणमा तनहुँ पथ क्षेत्र र देवचुली १६ रजहर क्षेत्रमा पूर्वमा क्याम्पस चोक, पश्चिममा मुकुन्दे खोला, उत्तरमा धुसेरी पुल र दक्षिणमा देवचुली प्रा.वि. सम्मको क्षेत्रलाई शिल गरिए को नगर प्रमुख पुर्णकुमार श्रेष्ठद्वारा जारी गरिएको सूचनामा जनाईएको छ ।

संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको कन्टयाक ट्रेसिङ सुरु गरि सकिएको र उनिहरुको स्वाब परिक्षणको रिपोर्ट नआउदा सम्मका लागि दुबै वडाको तोकिएको क्षेत्र भित्र सबै प्रकारका पसल ब्यवसाय, संघसंस्था, सहकारी तथा वित्तिय संस्था पूर्णरुपमा बन्द  रहने नगरपालिकाले जानकारी गराएको छ ।

प्रकाशित : २०७७ भदौ १२ गते १४:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI