नवलपुर अपडेट : कावासोतीमा २ जना सहित थप ४ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १२ गते १८:२२
नवलपुर अपडेट : कावासोतीमा २ जना सहित थप ४ जनामा कोरोना संक्रमण

कावासोती । नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिएका संक्रमित जिल्लाको कावासोती नगरपालिका वडा नं १६ का २४ र ७० वर्षीय २ महिला, देवचुली नगरपालिका वडा नं १ कि ५४ वर्षीय १ महिला र मध्यविन्दु नगरपालिका वडा नं १० का ३४ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

यो सँगै जिल्लामा संक्रमितको संख्या ४४० पुगेको छ जस मध्य ३३९ निको भईसकेका छ्न भने १०१ को जनाको उपचार हुदैछ ।

प्रकाशित : २०७७ भदौ १२ गते १८:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI