No ads found for this position

शनिबार कुन – कुन राशिका लागि शुभ ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १३ गते ७:००
No ads found for this position
शनिबार कुन – कुन राशिका लागि शुभ ?
No ads found for this position

१३ गते । शनिबार । ईश्वी सन् २०२० अगष्ट २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–एकादशी,०९ घडी ५५ पला,बिहान ०९ बजेर ४० मिनेट उप्रान्त द्वादशी । नक्षत्र– पूर्वाषाढा,२३ घडी ५७ पला,दिउसो ०३ बजेर १७ मिनेट उप्रान्त उत्तरषाढा । योग– आयुष्मान,३० घडी ३७ पला,बेलुकी ०५ बजेर ५५ मिनेट उप्रान्त सौभाग्य । करण–भद्रा,बिहान ०९ बजेर ४० मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर १३ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–धनु ,बेलुकी ०९ बजेर २१ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २५ मिनेट । दिनमान ३१ घडी ५१ पला । हरिपरिवर्तिनी एकादशी व्रत । वामन द्वादशी -वामन जयन्ती। दहीदान।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरी उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नी बीच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आस्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोवल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागी राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पती जुट्नुको साथै विलासी जीवन व्यातीत गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) न्यालयबाट हुने व्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुनाले खुसीले उचाई नाघ्नेछ । पढाइ लेखाइमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा बृद्धि हुनेछ भने थप ठाउमा लगानी गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आट तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पती लाभ हुनेछ भने शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिस्पर्धहरुले तपार्ईँको साख गिराउन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुन मुस्किल रहेकोछ । घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउने योग रहेकोछ भने आमा वा आफन्तसँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यावहार गर्नुहोला समय मध्ययम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलव्धी हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पती पत्नी विचको सम्वन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा अभिरुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन्  । आफन्त तथा परिवारको साथ रहने हुदा उपलव्धी मुलक कामहरु समयमा नै सम्पन्न हुनेछन्  । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी खेर जाने छैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ । बिद्यामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुदा पढाइ लेखाइ भने थाती रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आउने आम्दानीले उत्साह जगाउनेछ । पानी तथा खनिज पदार्थको व्यावसायबाट मोटो रकम हातलागी हुने योग रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । बित्तिय क्षेत्रसँग सम्वन्धीत काममा बिषेश रुचि बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  नयाँ काम पाउने तथा नोकरिमा बढुवाको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने वातावरण बन्नेछ । पढाइ लेखाईमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडि बढ्दा मनग्गे लाभ लिन सकिनेछ । सरकारी तथा प्रशासनिक कामहरु समयमा सम्पादन हुँदा मन प्रशन्न हुनेछ ।

प्रकाशित : २०७७ भदौ १३ गते ७:००
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI