सीपीएलमा सन्दीपलाई ६ खेलमा ९ विकेट, तलाबाजको तेस्रो जित

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १४ गते ८:५५
सीपीएलमा सन्दीपलाई ६ खेलमा ९ विकेट, तलाबाजको तेस्रो जित

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटमा तेस्रो जित हासिल गरेको छ ।

ट्रिनिडाड एन्ड टोबागोमा जारी सिपिएलको छैटौं खेलमा तलाबाजले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ३७ रनले पराजित गरेको हो ।

शनिबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको खेलमा जमैकाले ६ विकेटको नोक्सानीमा १४७ रन बनायो । ओपनर ग्लेन फिलिप्सले ६१ बलमा नटआउट ७९ रन बनाए । जर्माइन ब्ल्याकवुडले २७ रन बनाए । राय एम्रितले ३ विकेट लिए ।

जवाफमा सेन्ट किट्सले १९.४ ओभरमा ११० रन बनाएर अलआउट भयो । कार्लोस ब्रेथवेतले ३ विकेट लिए । सन्दीप लामिछाने र वीरासामी पर्माउलले २–२ विकेट लिए । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएका हुन् ।

यो खेलमा भने उनको इकोनोमी रेट बढी भएको छ । हरेक खेलमा विकेट लिएका सन्दीपले ६ खेलबाट ९ विकेट लिन सफल भएका छन् । उनले ३ खेलमा २ विकेटसमेत लिएका छन् ।

यो खेलपछि तलाबाज ६ अंकसहित तेस्रो स्थानमा छ । ट्रिनबागो नाइट राइडर्स १२ अंकबाट पहिलो र सेन्ट लुसिया ८ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित : २०७७ भदौ १४ गते ८:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI