माछा किन खाने ? के-के छ त फाइदा जानिराखौ

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १४ गते २२:१८
माछा किन खाने ? के-के छ त फाइदा जानिराखौ

अन्य देशमा हप्तामा पाँच छाक माछा खायो भने एक–दुई छाक अन्य मांस खाने चलन छ तर नेपालमा महिनामा एक या दुई छाक मात्र माछा खाने चलन रहेको पाइन्छ। नेपालमा खसी, कुखुरा, भैसी या राँगा र बंगुरको मासु बढी प्रचलित छ जुन स्वस्थ्यको लागि त्यति उपयोगी मानिंदैन। किनकि त्यस्ता रातो मासुले शरीरमा कुनै न कुनै विकार गरिरहेको हुन्छ।

रातो मासु पचाउनका लागि झन्डै ३२ देखि ३६ घन्टा लाग्ने गर्छ तर माछा पचाउन मात्रा २ देखि ३ घन्टा मात्र लाग्छ यो हिसाबले पनि माछा खानु अति स्वस्थ्यकर मानिन्छ। माछा भन्दैमा हामी सीमितलाई बुझ्छौ तर विश्वमा हजारभन्दा बढी माछाका किसिम पाइन्छ जुनको आआफ्नै रङ, विशेषता हुन्छ।

टुना माछामा पाइने तत्व तिलापिया माछामा पाइँदैन त्यस्तै झिंगे माछामा पाइने तत्व सालमन माछामा पाइन्न। सजिलो हिसाबले पनि बुझ्न सकिन्छ कि समुद्र या पानीमा हुर्कंने कुनै पनि जीवले जे भेट्यो तेही खाने हुँदा उसको शरीरमा अन्य जन्तुको तुलनामा केही मेनेरल्स र प्रोटिन प्रशस्त पाइन्छ। अमेरिकन हार्ट एसोसिएसनले के पत्ता लगाएको छ भने मनिसलाई आवश्यक पर्ने सम्पूर्ण प्रोटिन माछाबाट प्राप्त गर्न सकिन्छ ।

माछा खानुका फाइदा कयौ छन् तर हामीले केही प्रमुख उल्लेख गरेका छौ।

–नियमित माछा खनाले दिमाग सधैं तेज रहने गर्छ।
–मुटु सम्बधी रोग लाग्नबाट बच्चाउँछ।
–माछाले डिप्रेसन हुनबाट बच्चाउँछ।
–माछामा प्रशस्त भिटामिन डी पाइने हुँदा क्याल्सियमका कारणले शरीरका हड्डी मजबुत बनाउँछ।
–आँखाको भिजन बढाउनुको साथै आँखालाई सधैं स्वस्थ्य राख्छ।

–माछा खाने गर्नाले निद्रा अत्यन्त राम्रो हुँदै जान्छ जसले गर्दा तनावमा भए नि मस्तिष्कले आराम पाउँछ।
–माछा या माछाको फूल खानाले छालासम्बन्धी सम्पूर्ण रोग निगाहा हुन्छ र डन्डीफोर आउने डर हुन्न।
–शरीरमा कोलेस्टेरोल घटाउन मद्दत गर्छ।
–हार्टयाट्याक हुनबाट बचाउन सहयोग गर्छ।
–क्यान्सर हुनबाट बच्चाउँछ।

–शरीरिक वजन घटाउन पनि नियमित माछा खनाले धेरै हदसम्म मद्दत गरेको हुन्छ।
–उच्च रक्तचापलाई नियन्त्रन गर्न पनि माछा खनाले धेरै मद्दत गरेको हुन्छ।
–कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउन पनि सहयोग पुर्‍याएको हुन्छ।
–यदि तपाईं कुनै कारण बेड रेस्टमा हुनुहुन्छ भने नियमित माछा खनाले छिट्टै रिकभर हुन्छ।

–यदि तपाईं सधैं निरास देखिनु हुन्छ भने नियमित माछा खाने गर्नाले त्यतिकै खुसी हुने परिवर्तन आउन थाल्छ।
–नियमित माछा खनाले बच्चामा लाग्ने सामान्य रोगबाट बच्न सकिन्छ।
–नियमित माछा खाने मान्छेलाई छिटो बुढो पनि देखिन्न।
–माछा त्यस्तो मासु हो जुन तपाईंले ७ देखी १० मिनेटमा तयार गएर खाना सक्नुहुन्छ किनकि माछा एकदम छिटो पाक्छ। जसबाट समय बचत हुन्छ।
–माछा खाँदा जिउ भारी नहुने हुँदा दिउँसोभर शरीर चंगा हुन्छ र काममा मन धेरै जान्छ।

माछाको केके बनाउने र कसरी खाने
अन्य मासु जस्तै तपाईंले माछाका पनि विभिन्न परिकार बनाउन सक्नुहुन्छ जस्तै सुप, सलाद, करी, बिर्यानी, फ्राइ, ग्रिल, बोइल, स्टिम, फिस टिक्का, फिस पास्ता, झिंगे माछा पिज्जा, फिस चिल्ली, फिस या प्राउन चाउमिन, फिस सिजलर, आदि। माछा एक स्वादिस्ट, छिटो पाक्ने, सजिलो तरिकाबाट पकाउन मिल्ने, छिटो पच्ने र शरीरलाई चाहिने सम्पूर्ण तत्वहरु पाइने खाना मानिन्छ।

माछा कसरी रोज्ने

माछा रोज्दा जहिले पनि सकेसम्म ताजा खोज्नुस्, माछा ताजा छ कि छैन भन्ने कुरा माछाको कानको लोती खोलेर हेर्नुस् र रातो कलरको छ भने त्यो ताजा मानिन्छ। यदि खैरो हुँदै गएको छ भने त्यो बासी मानिन्छ। त्यस्तै माछा ताजा कि बासी पता लगाउन माछाको आँखा हेरेर पनि छुट्याउन सकिन्छ। माछाको आँखा रातो र झरिलो देखिएको छ भने त्यो ताजा हुन्छ र आँखाको कलर खैरो र चाउरी परेको छ भने त्यो बासी मान्न सकिन्छ।

प्रकाशित : २०७७ भदौ १४ गते २२:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI