आजको मौसम : देशभर सामान्य बदली, केही ठाउँमा भारी वर्षा

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १५ गते ७:५०
आजको मौसम : देशभर सामान्य बदली, केही ठाउँमा भारी वर्षा

काठमाडौं। प्रदेश १, २ र गण्डकी  प्रदेशका सामान्य बदली रही  प्रदेश १ र गण्डकीका थोरै  स्थानहरूमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य भू-भागको मौसममा आंशिक बदली रहेको छ।

 

आगामी २४ घण्टामा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

 

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  प्रदेश १ र २ का एक/दुई स्थानहरूमा भारी वर्षा हुनसक्छ।

प्रकाशित : २०७७ भदौ १५ गते ७:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI