No ads found for this position

कावासोतीमा १९ भदौसम्म अत्यावश्यकबाहेकका सेवा बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १५ गते १२:४४
No ads found for this position
कावासोतीमा १९ भदौसम्म अत्यावश्यकबाहेकका सेवा बन्द
No ads found for this position

कावासोती  । नगरपालिकाभित्र समुदायस्तरमा कोरोना भाइरस संक्रमण पुगेको भन्दै कावासोती नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने अवधी थप गरेको छ ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले १९ भदौसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको नगर उपप्रमुख  प्रेमशंकर मर्दनियाले  जानकारी दिए । स्वास्थ्य सेवाबाहेक पालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरू बन्द गर्ने समितिको निर्णय छ । पालिका क्षेत्रभित्र रहेका सम्पूर्ण होटल, रेष्टुरेण्ट, पर्यटन व्यावसाय, बैंक तथा वित्तीय संस्था र सहकारीहरूको हकमा एटीएमबाहेकका सबै सेवा बन्द हुने भएको छ ।

खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी तथा वितरण विहान ६ देखि ९ र बेलुका ४ देखि ७ बजेसम्म गर्न पाइने समितिले जनाएको छ ।

नगरपालिकाभित्र सञ्चालित आयोजना तथा निर्माण कार्य/उद्योग, प्रतिष्ठानहरूले आफ्नो परिसरभित्र नेपाली सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर भने सञ्चालन गर्न सक्नेछन् ।

 

प्रकाशित : २०७७ भदौ १५ गते १२:४४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI